सचिव राउतको बन्दी प्रत्यक्षीकरण रिटमा भोलि पेशी

172
0
Share:

काठमान्डौ/ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्ण बहादुर राउतको बन्दी प्रत्यक्षीकरण निवेदनको प्रारम्भिक सुनुवाइका लागि बिहीबार (भोलि)लाई पेशी तोकिएको छ ।

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले केही दिनअघि सचिव राउतलाई आइतबार पक्राउ गरेको थियो । ललिता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरिएको प्रकरणमा तत्कालीन शाखा अधिकृत रहेका राउतले टिप्पणी उठाएको आरोप सीआईबीको छ ।

 

सीआईबीले सरकारी कीर्ते र सङ्गठित अपराधमा राउतसहित १७ जनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । बन्दी प्रत्यक्षीकरणको निवेदनमा राउतले आफूले उठाएको टिप्पणी सदर नभएपछि अन्य कर्मचारीले उठाएको टिप्पणी पछि सदर भएको र घटनाभन्दा पछि ल्याइएको सङ्गठित अपराधमा आफूलाई गैरकानुनीरुपमा जोडिएको दाबी गरेका छन् ।

 

आफुल‍े गर्दै नगरेको कामका लागि दायित्व बहन गराउने गरी आफूलाई हिरासतमा राखिएको भन्दै राउतले पक्राउ पुर्जी, जिल्ला अदालतबाट दिइएको थुना अनुमतिलगायत सबै गैह्र कानुनी भएको दाबी गरेका छन् ।

Share: