Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध, यात्रु अलपत्र – Lekhanpeeth

पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

215
0
Share:

काठमान्डौ/वर्षाका कारण पहिरा खस्दा गए रातिदेखि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

 

सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटदेखि छुट्ने सवारीसाधन पूर्णरुपमा बन्द भएका छन् । पहिरो पन्छाउनका लागि डोजर पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Share: