Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अमेरिकी सहायक विदेश मन्त्री लु भोलि काठमान्डौ आउने – Lekhanpeeth

अमेरिकी सहायक विदेश मन्त्री लु भोलि काठमान्डौ आउने

187
0
Share:

काठमान्डौ/दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु भोलि (शुक्रबार) नेपाल आउँदै छन् । काठमान्डौस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै सहायक विदेश मन्त्री लु शुक्रबार काठमान्डौ आउने जानकारी दिएको हो। यसैगरी काठमाडौँमा रहँदा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने समेत दूतावासले जनाएको छ।

 

अमेरिकन चेम्बर अफ कमर्शको एक सदस्य संस्थासँग भेटघाट गर्ने र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा बुझ्ने समेत दूतावासले जनाएको छ ।

 

लु यसअघि नेपालमा एमसीसी प्रतिनिधि सभाबाट पारित गर्न हुने वा नहुने भन्ने चर्को बहस भएका वेला काठमान्डौ आएर नेपाल सरकारका उच्च सरकारी प्रतिनिधिहरूसँग भेटघाट गरेका थिए । त्यस समयमा उनको नेपाल आगमन र राजनीतिक भेटघाटले निकै चर्चा पाएको थियो ।

 

लु सन २०२१ को १५ सेप्टेम्बरदेखि अमेरिकी विदेश मन्त्रालयको दक्षिण र मध्य एसियाली मामिला ब्युरोमा सहायक विदेश मन्त्री नियुक्त भएका थिए ।

Share: