Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अर्थमन्त्रीको राजीनामा माग्दै माइतीघरमा निर्माण व्यवसायीको धर्ना – Lekhanpeeth

अर्थमन्त्रीको राजीनामा माग्दै माइतीघरमा निर्माण व्यवसायीको धर्ना

255
0
Share:

काठमान्डौ/नेपाल निर्माण व्यवसायीले निर्माणकार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन् । शुक्रबार काठमान्डौको माइतीघरमा भेला भइ उनीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्दै धर्ना दिएका हुन् ।

 

निर्माण व्यवसायीले गरेको कामको भुक्तानी अर्थमन्त्रीले नदिने भनेको भन्दै उनीहरूले अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए । निर्माण व्यवसायीले गरेका कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको भनाइ छ ।

 

सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको, मजदुरलाई पारिश्रमिक दिन नसकेकोलगायत समस्या झेल्नुपरिरहेको भन्दै उनले सरकारले भुक्तानी गर्न नसके तत्काल यस्ता आयोजना खारेज गर्नुपर्ने उल्लेख गरे ।

 

उनले निर्माण व्यवसायीसँग सम्झौता गरेर भुक्तानी गर्न सक्दिनँ भन्न सरकारले नपाउने पनि बताए । लामो समयदेखि निर्माणको काम ठप्प भइरहेको र यसको प्रमुख कारण सरकारले काम गर्ने वातावरण बनाउन नसकेको उनको जिकिर छ । विरोध कार्यक्रममा महासंघका उपाध्यक्ष रामजी पन्तले भुक्तानी दिन नसक्ने अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए ।

 

व्यवसायीले ‘माइलस्टोनको व्यवस्था तुरुन्त खारेज गर्’, ‘मूल्य समायोजन तुरुन्त कार्यान्व्यन गर्’, ‘असार मसान्तमा निर्माणकार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर्’, ‘निर्माणकार्यको म्याद थप गर्’, ‘व्यवसायीले आत्मदाह गर्ने क्रम बन्द गराऊ’लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Share: