Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठमान्डौबाट भद्रपुर उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काइयो – Lekhanpeeth

काठमान्डौबाट भद्रपुर उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काइयो

234
0
Share:

काठमान्डौ/काठमान्डौबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काइएको छ । त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन-एजेओ जहाज समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो ।

 

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १ बजेर ५३ मिनेटमा उडेको जहाज १५ माइल उडेपछि ‘इन्डिकेसन’ मा समस्या देखिएपछि फर्काइएको हो । कुन किसिमको समस्या हो भन्ने प्राविधिकहरुले अध्ययन गरिरहेको उनले जनाए ।

 

फर्काइएको विमानका यात्रुहरुलाई अर्को विमानमार्फत भद्रपुरतर्फ लगिएको प्रवक्ता सिटौलाले बताए ।

Share: