Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भारतमा चट्याङ लागेर १० जनाको मृत्यु – Lekhanpeeth

भारतमा चट्याङ लागेर १० जनाको मृत्यु

338
0
Share:

काठमान्डौ/भारतको पूर्वी राज्य विहारमा चट्याङ लागेर १० जनाको मृत्यु भएको छ । बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गर्ने किसान रहेको अधिकारीहरले बताएका छन् ।

 

गत साता राज्यमा चट्याङ र वर्षासँग सम्बन्धित घटनामा १२ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । प्रत्येक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौंको मृत्यु हुने गरेको छ ।

 

सन् २०२२ मा भारतभर चट्याङका कारण ९०७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Share: