
काठमान्डौ/नकेपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको समाजवादी मोर्चाको बैठक बालुवाटारमा बसेको छ । शनिबार दिउँसो ३ बजे बसेको बैठकले चार(चार महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
यसअघि उसले ६-६ महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको थियो। मोर्चाको अध्यक्षता अहिले नेकपा समाजवादी एकीकृतका अध्यक्ष माधवकुमार नेपालले गरिरहेका छन् । समाजवादी मोर्चाको नेतृत्व आलोपालो प्रणालीअनुसार हुनेछ ।
त्यस्तै शनिबार बसेको बैठकले जिल्ला तहसम्म संरचना बनाउने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले बताए । बैठकले साउनको १२ गतेपछि सातै प्रदेशमा मोर्चाको आवश्यकता र औचित्य बुझाउने गरी भेला गर्ने निर्णय गरेको पनि उनले बताए।