निगममा काम गर्ने अवसर, माग्यो ३० एयर होस्टेज

167
0
Share:

काठमान्डौ/नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेज) पदमा आवेदन आह्वान गरेको छ । निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको विमान परिचारिका पदमा दरखास्त आह्वान गरेको हो ।

 

रिक्त ३० पदका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको निगमले जनाएको छ । योग्य नेपाली नागरिकले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । अनलाइनमार्फत आवेदन दिन सकिने निगमले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

 

प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका १८ वर्ष पूरा भएकर २५ वर्ष ननाघेका इच्छुक उमेदवारले आवेदन दिन सक्नेछन् ।

341689470489.jpg

Share: