Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

सुनको मूल्य घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

326
0
Share:

काठमान्डौ/हप्ताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको मूल्य यआज प्रतितोला तीन सय रुपैयाँ घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, खनज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

 

शुक्रबार प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Share: