अमेरिकामा गोलीकाण्ड : चारजनाको मृत्यु

131
0
Share:

काठमान्डौ/अमेरिकाको जर्जिया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा चारजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।जर्जियाको राजधानी एट्लान्टाबाट ४५ किलोमिटर टाढा दक्षिणपश्चिमी हेनरी काउन्टीको ह्याम्पटनको डगवुड लेक्स क्षेत्रमा गोली हानाहानमा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो ।

 

एक ४० वर्षीय आक्रमणकारी आन्द्रे लङ्मोरको खोजी भइरहेको प्रहरीले जनाएको छ । निजका बारेमा जानकारी भएमा प्रहरीलाई सम्पर्क गर्न सर्वसाधारणमा अनुरोध गरिएको छ । प्रहरीले सामाजिक सञ्जालमा जारी गरेको सूचनामा निजको नजिक जानुको सट्टा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।

 

यो वर्ष अमेरिकामा बन्दुक हिंसाका ३८२ घटना भएका गैरनाफामुखी समूह ‘गन भइलेन्स’ले आफ्नो पछिल्लो प्रकाशनमा उल्लेख गरेको छ ।

 

यसैबीच, अमेरिकी समाचार संस्था एपीले बन्दुक हिंसाबारे प्रकाशन गरेकोा एक समाचारमा यो वर्ष बितेका ६ महिनामा भएका आम नरसंहारका २८ वटा घटनामा १४० जनाले ज्यान गुमाएका जनाइएको छ ।

Share: