Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज साउने संक्रान्ति मनाइँदै – Lekhanpeeth

आज साउने संक्रान्ति मनाइँदै

226
0
Share:

काठमान्डौ/आज साउने संक्रान्ति अर्थात् लुतो फाल्ने दिन भनेर पनि चिनिन्छ । आजदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्छ । आजैदेखि दक्षिणायन पनि सुरु हुन्छ । माघ १ देखि उत्तरायण सुरु हुन्छ भने साउन १ देखि दक्षिणायन सुरु हुन्छ । यस दिनलाई विशेष रूपमा मनाइने गरिन्छ ।

 

असार महिनाभरि खेतीपातीमा लाग्ने र हिलो मैलोले विभिन्न छालासम्बन्धी रोग लाग्ने भएकाले रोग निको पार्न लुतो फाल्ने गरिएको विश्वास रहिआएको छ । एक महिना काम गर्ने किसान साउन १ मा आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन्।

 

परम्परानुसार काग भलायो, कुकुरडाइनो, लुतेझार, पानी अमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ।

 

लुतो फाल्दा आ–आफ्नो संस्कृति परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ। साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ।

 

महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको छ । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष घुइँचो लाग्छ।

Share: