कांग्रेस पदाधिकारी बैठक बस्दै

132
0
Share:

काठमान्डौ/नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो ।

 

सभापति शेरबहादुर देउवाले केन्द्रिय समिति बैठकमा छलफल गर्ने एजेन्डा तय गर्नका लागि पार्टीका पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

 

बैठक दिउसो २ बजे सभापति देउवा निवास धुम्बाराहीमा बस्नेछ । देउवाले पदाधिकारीसँग छलफल गरेपछि मंगलबार बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने बुझिएको छ ।

 

एक वर्षपछि असार २७ गतेका लागि तय गरिएको केन्द्रीय समितिको बैठक प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधन भएपछि स्थगित गरिएको थियो ।

Share: