
काठमान्डौ/आजबाट सिस्डोल र बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न रोक लगाइएको छ । ककनी गाउँपालिका, धुनिबेँसी नगरपालिकाका जनप्रतिनिधि र स्थानीयले काठमाडौंबाट फोहोर बोकेर गएका टिपरलाई बाटोमै रोकेका छन् । सिस्डोल र बन्चरेडाँडाको बीचमा पर्ने आलेटारमा जनप्रतिनिधि र स्थानीयले फोहोरको गाडी रोकेका हुन् ।
डम्पिङ साइट आसपासका ढुंगाना गाउँ, पहिरे र सुडीनीलगायतका ठाउँमा फोहोरले बस्न नसकिने अवस्था आएको ककनी गाउँपालिका-३ का वडाअध्यक्ष घननाथ बजगाईँले बताए ।
उनका अनुसार धुनिबेँसीका मेयर बालकृष्ण आचार्य आफूहरूको मागको सुनुवाइ नभएकाले फोहोर फ्यानमा अवरोध गरिएको हो ।