आज सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? आजको बजार मूल्यसहित

162
0
Share:

काठमान्डौ/हप्ताको दोस्रो दिन आज नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ । हिजो कारोबार दिन अर्थात् आइतबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

आइतबार पनि तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

Share: