Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
उत्तर कोरियाले नयाँ आणविक परीक्षण गरेमा कुनै आश्चर्य हुनेछैन : अमेरिका – Lekhanpeeth

उत्तर कोरियाले नयाँ आणविक परीक्षण गरेमा कुनै आश्चर्य हुनेछैन : अमेरिका

234
0
Share:

काठमान्डौ/ह्वाइट हाउसका वरिष्ठ अधिकारीले उत्तर कोरियाले गत साता अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि अर्को आणविक परीक्षण गरेमा अमेरिका आश्चर्यचकित नहुने बताएका छन् ।

 

‘मलाई लाग्छ उत्तर कोरियाले आफ्नो सातौं आणविक परीक्षण गर्नेछ र म यसको बारेमा चिन्तित छु,’ राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सीबीएसलाई ‘फेस द नेशन’ नामक कार्यक्रमलाई दिएको एक अन्तवार्तामा भने ।

 

उनले भने,’म तत्काल त्यस्तो कुनै सङ्केत देख्दिनँ । तर उत्तर कोरियाले आफ्नो अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र क्षमताको सन्दर्भमा अर्को आणविक परीक्षण अघि बढायो भने यो कुनै आश्चर्यको विषय हुनेछैन ।’

 

सुलिभानले प्योङयाङले केही वर्षअघि नै आफ्नो आणविक क्षमताको परीक्षण शुरु गरेको र उनीहरूले यस क्रमलाई जारी राखेको बताए ।उत्तर कोरियाका नेता किम जोङ उनले प्रत्यक्ष निरीक्षण गरेको आफ्नो देशको सबैभन्दा नयाँ आईसीबीएमको सफल परीक्षण गरेको उत्तर कोरियाले बिहीबार जनाएको छ ।

 

यसअघि एक पटक मात्र परीक्षण गरिएको ह्वासोङ–१८ क्षेप्यास्त्र ले छ हजार ६४८ किलोमिटरको उचाईमा एक हजार १ किलोमिटर उडेर पूर्वी सागरमा खसेको कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए)ले जनाएको छ ।

 

उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध कमजोर अवस्थामा छ । गत वर्ष किमले आफ्नो देशलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति भएको घोषणा गर्नुभएको थियो र सामरिक आणविक हतियारसहित हतियार उत्पादन बढाउन आह्वान गरे ।

 

संयुक्त राष्ट्रसङ्घ, संयुक्त राज्य अमेरिका र फ्रान्सलगायत उसका मित्र राष्ट्रहरूले बुधबारको प्रक्षेपणको कडा निन्दा गरेका छन् ।

 

सुलिभानले प्योङयाङसँग वार्ताका लागि वासिङ्टनको प्रस्ताव दोहोर्याउँदै राष्ट्रपति जो बाइडेनको प्रशासन आफ्नो आणविक कार्यक्रमबारे कुनै पूर्वशर्तबिना बसेर वार्ता गर्न तयार रहेको बताए ।

Share: