भारतविरुद्ध कप्तान रोहितको अर्धशतक

136
0
Share:

काठमान्डौ/एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’ विरुद्ध ब्याटिङमा संघर्षरत नेपाली टिमका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् ।

 

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा टस जितेर ब्याटिङमा आएको नेपालबाट चौथो नम्बरमा ब्याटिङका लागि आएका रोहितले ६६ बलमा ६ चौका प्रहार गरे ।

 

२८ ओभरको खेल सकिँदा नेपालले ६ विकेट गुमाएर ११४ रन बनाएको छ । भारतीय बलरसामू निरीह देखिएका नेपालका शीर्ष क्रमका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् ।

 

नेपालका ओपनर कुशल भुर्तेल र कुशल मल्ल डक भए । आसिफ सेखले १५, सोमपाल कामीले १४, देव खनालले सात र भीम सार्कीले चार रन बनाएका थिए ।

 

हाल क्रिजमा रोहितसङै रहेका गुल्सन झाले १२ रनमा खेलिरहेका छन् ।

Share: