नेकपा एसको सचिवालय बैठक आज पनि जारी रहने

132
0
Share:

काठमान्डौ/नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी छ । गत शुक्रवार देखी जारी भएको केन्द्रीय सचिवालय बैठक आज पनि बस्न लागेको हो ।

 

सचिवालयका सदस्यहरूले बोल्ने क्रम बाँकी रहेकाले बैठक आजसम्म लम्बिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार आजको बैठक बिहान ९ बजेदेखि सुरु हुनेछ ।

 

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा उक्त बैठक बस्नेछ । समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा हिजो सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय डा विजय पौडेल र डा गंगालाल तुलाधरले आफ्ना धारणा राखेका थिए ।

 

आजको बैठक अन्य नेताहरूले धारणा राख्ने छन् ।

Share: