सुनको मूल्य बढ्यो, आजको मूल्य हेर्नुहोस्

127
0
Share:

काठमान्डौ/ साताको पाँचौ दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छावापाला सुन तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको हो । आज पाँच सय रुपैँयाले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको हो । बुधबार छापावाला सुन प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँमा करोबार भएको थियो ।

 

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १३ हजार ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढ्दै १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: