Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कुखुरापालक किसान व्यवसाय छाडेर पलायन हुँदै – Lekhanpeeth

कुखुरापालक किसान व्यवसाय छाडेर पलायन हुँदै

Share:

काठमान्डौ/खुला सीमा नाकाको फाइदा उठाउँदै भारतीय क्षेत्राट तस्करले अवैध रुपमा ब्रोइलर कुखुरा, चल्ला, अण्डा, माछालगायत भित्र्याउन थालेपछि स्थानीय व्यवसायी मर्कामा परेका छन । भारतबाट अवैध रुपमा तस्करी गरी भित्र्याइएका कुखुरा, चल्ला, अण्डा, माछासँग प्रतिस्पर्धा गर्न नसक्दा व्यवसायी हतोत्साहित हुँदै व्यवसाय छाड्न थालेका छन् ।

धेरै व्यवसायीले उत्पादित कुखुराजन्य वस्तुको बजार नपाउँदा व्यवसायनै छाडनुपरेको छ । शुक्लाफाँटा, कृष्णपुर, लालझाडी कुखुरा, अण्डा उत्पादक किसान सङ्घ कञ्चनपुरका सचिव शम्भुबहादुर थापाले स्थानीय बजारमा पहिलो हक स्थानीय उत्पादन भएकाले बाह्य क्षेत्रबाट ल्याइने कुखुरा, अण्डा, माछामा रोक लगाइनुपर्ने बताए ।

 

‘व्यावसायिक फर्मलाई विविधवत् रुपमा दर्ता गरी बैंक सहकारी संस्थाबाट ऋण निकालेर व्यवसाय गर्न थालेका छौँं’, उनले भने, ‘कुखुराजन्य बस्तुको बजार नपाउँदा व्यवसायनै धरापमा पर्न थालेको छ, धेरै व्यवसायीले गर्दै आएको व्यवसाय छाडेर पलायन भएका छन् ।’ बैंकको ब्याज र किस्ता बुझाउन नसक्दा धेरै व्यवसायीले मानसिक तनावमा बस्नुपरेको उनले उल्लेख गरे । सङ्क्रमक बर्डफ्लुलगायतका रोग फैलिन निदिनका लागि भारतीय क्षेत्रबाट पशुपक्षीजन्य बस्तुको आयात गर्नमा सरकारले रोक लगाएको धेरै भए पनि खुला सीमा क्षेत्रबाट धमाधम भित्रिन थालेकोमा उनि चिन्ता व्यक्त गर्छन् ।

 

‘भारतीय क्षेत्रबाट भित्रिने पशुपक्षीजन्य बस्तु ल्याउने कार्य पूर्ण रुपमा रोकिनुपर्छ” स्थानीय कुखुरापालक हर्कराज मिश्रले भने, ‘जिल्ला बाहिरबाट आउने कुखुराजन्य बस्तु आपूर्ति र मागका आधारमा आयात गर्ने व्यवस्था मिलाइयोस ।’

 

विदेशबाट कमाएको पैसा धेरै युवाले मातृभूमिमै केही गरौंँ भनेर कुखुरा, माछापालन लगायतका कृषिजन्य कार्यमा लगानी गरेको उनको भनाइ छ । बाह्य क्षेत्रबाट अवैध रुपमा ल्याइने कुखुरा, माछासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा व्यवसायीलाई लगानी डुब्ने चिन्ताले सताउन थालेको छ । ‘कुखुरा र माछापालनमा लागेका व्यवसायीको पेसामै चुनौती थपिएको छ’ कुखुरापालक किसान खडक सिंह साउदले भने, ‘कुखुराका चल्ला, चारो, औषधि खरिदमै ठूलो लगानी लाग्छ, चल्ला हुर्काएर बेच्नका लागि कुखुरा तयार गर्न निकै परिश्रम गर्नु पर्दछ, बजारमा बेच्नका लागि लैजाँदा लागत खर्चनै नउठने गरी बेच्नु पर्दा घाटा सहनुपरेको छ ।’

 

स्थानीय व्यवसायीले स्थानीय तहमा बाह्य क्षेत्रबाट अवैध रुपमा भित्रिदै आएको कुखुरा र माछालगायत रोक्नका लागि ज्ञापनपत्रसमेत बुझाउनु भएको छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाका अनुसार नगरपालिकाभित्र अवैध रुपमा भारतीय कुखुरा, माछा, चल्ला, अण्डा आयात गर्न निषेध गरिएको छ । अवैध रुपमा आयात गरिएको भेटिए रु १० हजार जरिवाना हुने उनले बताए ।

 

‘व्यवसायीबाट भारतीय कुखुरा, चल्ला, अण्डा र माछा भित्रिन थालेको व्यापक गुनासो आएपछि त्यसलाई रोक्नका लागि सुरक्षा निकायसँग समन्वय गरेका छौँ’ उनले भने,’यसरी ल्याएको पाइए जरिवनासहित प्रचलित कानुनअनुसार कारबाही हुन्छ।’ शुक्लाफाँटा नगरपालिकाको पशु शाखका प्रमुख रामप्रसाद भट्टले पक्षीजन्य वस्तु भारतबाट आयात गर्न निषेध गरिएको बताए ।

 

‘बाह्य जिल्लाबाट यस नगरपालिकामा पशुपक्षीजन्य ९ कुखुरा, अण्डा, चल्ला, माछा, मासु ० पदार्थ ओसारपसार गर्दा दर्तावाला पशु चिकित्सकद्वारा जारी गरिएको पशु स्वास्थ्य प्रमाणपत्रको सक्कलप्रति अनिवार्य रुपमा साथमा हुनुपर्ने प्रावधान राखेका छौँ’ उनले भने, ‘अवैध रुपमा आयात गरिएको भेटिए नियम अनुसार कारबाही हुन्छ ।’

Share: