Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेप्सेमा झिनो अङ्कको गिरावट – Lekhanpeeth

नेप्सेमा झिनो अङ्कको गिरावट

196
0
Share:

काठमान्डौ/नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ९२ अङ्कमा सीमित भएको छ । आजको कारोबारमा विभिन्न दुई सय ६४ कम्पनीका ८४ लाख २४ हजार एक सय आठ कित्ता शेयर ५४ हजार नौ सय ५४ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब पाँच करोड २४ लाख १० हजार छ सय ५९ को कारोबार भएको छ ।

 

यस दिनको कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत् उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ । बैंकिङ समूह एक दशमलव २५, विकास बैंक १० दशमलव ९६, जलविद्युत् २२ दशमलव ३८, उत्पादन तथा प्रशोधन ८२ दशमलव ०२ र व्यापार समूह एक सय ७७ दशमलव ६६ अङ्कले बढेका छन् ।

 

साथै निर्जीवन बीमा समूह एक सय ३२ दशमलव ०७ र जीवन बीमा समूहको उपसूचक एक सय २२ दशमलव ०६ अङ्कले घटेका छन् । त्यस्तै वित्त समूह १५ दशमलव ६९, होटल तथा पर्यटन समूह २१ दशमलव ४६, लगानी शून्य दशमलव ३२, लघुवित्त २५ दशमलव २९ र म्युचुअल फन्ड शून्य दशमलव १८ अङ्कले घटेका छन् ।

 

आजको कारोबारमा विशाल बजार कम्पनी लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिटिजन्स म्युचुअल फन्ड९२ र कुमारी इक्विटी फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १४ करोड २३ लाख १७ हजार ८७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको तीन लाख ३० हजार एक सय ३५ कित्ता शेयर किनबेच भएको छ ।

Share: