Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भारतद्वारा चामल निर्यातमा रोक – Lekhanpeeth

भारतद्वारा चामल निर्यातमा रोक

328
0
Share:

काठमान्डौ/भारतले बासमतीबाहेकका सबै चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको खाद्य मन्त्रालयले चाडपर्वको समयमा आपूर्ति सहज बनाउन तथा मूल्यवृद्धि हुन नदिन बिहीबार चामल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

 

तर, स्टिम गरिएका अरु चामल र बासमती चामल निर्यातमा भने प्रतिबन्ध नलगाइएको मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतबाट सबैभन्दा बढी स्टिम गरिएको चामल निर्यात हुने गरेको छ ।

 

भारतबाट निर्यात हुने चामलमध्ये बासमतिबाहेकको चामलको हिस्सा करिब २५ प्रतिशत छ । भारतबाट थाइल्यान्ड, इटाली, स्पेन, श्रीलंका, अमेरिका, नेपाललगायतका १५० भन्दा बढी देशमा चामल निर्यात हुन्छ । सन् २०२१=२२ मा भारतबाट २ करोड १२ लाख टन चामल निर्यात भएको थियो ।

 

Share: