काठमान्डौँको मुहार फेर्दै बालेन [भिडिओ]

303
0
Share:

काठमान्डौ/स्वतन्त्र उम्मेदवारका रूपमा चुनावमा उठेर काठमान्डौ महानगरपालिकाको मेयर पदमा विजयी भएका बालेन्द्र शाह उम्मेदवारी घोषणा गरेदेखि नै चर्चामा आएका थिए । जब उनी काठमान्डौ महानगरपालिकाको मेयर पदमा निर्वाचित भए तव उनको चर्चा झन चुलियो । वर्षौदेखि काठमान्डौको मुख्य चुनौतीको रुपमा रहेको फोहोर व्यवसथापन आफ्नो चुनावको मुख्य एजेण्डा बनाएर मेयर पद जितेका बालेन कहिले सुकुम्बासीको बस्तीमा डोजर चलाएर कहिले सिंहदरबारको फोहोर नउठाएर चर्चामा आइरहेका छन् ।

 

उनले चुनाव ताका गरेका हरेक बाचा एकपछि अर्को गर्दै पूरा गरिरहेका छन् । बालेनले चुनावी प्रतिबद्धता अनुसार महानगरको पहिलो बैठक प्रत्यक्ष लाइभ गरे । त्यसपछि उनले महानगरका विभिन्न स्थानमा निशुल्क सार्बजनिक शौचालय, निशुल्क बेसेमेन्ट पर्किङ्ग, सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ कक्षासम्म विद्यार्थीलाई निशुल्क खाजाको व्यवस्था, महानगरभित्र निशुल्क एम्बलेन्स सेवा लगायत निशुल्क कल सेन्टरको व्यवस्था गरेका छन् । उनी अहिले धमाधम आफ्नो घोषणा पत्रअनुसार काम गर्दै अघि बढिरहेका छन् ।

 

उनले चालेका कतिपय कदमलाई लिएर मानिसहरूले प्रशंसा गरेका छन् भने कतिपय घटनामा उनले तिखो आलोचना खेपे । शाहले गरेका कदमलाई कतिले सस्तो लोकप्रियता भने त कतिले पारदर्शिता हुने भन्दै प्रशंसा पनि गरे ।

 

उनी बोलीमा होइन काम गरेर देखाउँछन् । त्यसैले त काठमान्डौबासी र देशभरका आम जनताको ध्यान खिच्न सफल उनले पुन एकपटक प्रसंशनिय काम गरेका छन् । उनी निर्वाचित भएको १४ महिना पूरा हुँदै गर्दा उनले कति कामबाट प्रसंसा बटुले त कति काम गर्दा आलोचना खेपे । तर जस्तोसुकै आलोचनाले पछि नहटेका उनले फेरि एकपटक काठमान्डौ बासीको मन जितेको छ । उनले बिजुली बजारमा रहेको आर्क ब्रिजमा फूलहरु रोपेर प्रसंसनिय काम गरेका छन् ।

 

उनले फूल रोपेपछि सडक मनमोहक देखिएका छन् । मध्ये असारको झरी, वातावरण नै हरीयाली भएको बेला उनले रोपेको फूलले सडकको सोभा झन थपेको छ । आर्क ब्रिजमा उनले रोपेको फूलले अहिले बाटो हिँड्ने बटुवा, सर्वसाधरण को मन जितेको छ । बाटो हिँड्ने सर्वसाधरणहरु फूलसँगै रमाइरहेका देखिन्छन् ।

 

महानगरले फुटपाथ व्यवस्थापन अभियानअन्तर्गत काठमान्डौ सडक छेउमा फूलहरु रोपेको हो । महानगरले कुनै–कुनै ठाउँमा जमिनमा नै फूल रोपेको छ भने कतै गमलामा फूल रोपेर हराभरा बनाएको छ । महानगरले हालसम्म बागबजार, पुतली सडक, विजुली बजार, महांकाल, भृकुटीमण्डप, शंकरदेव क्पाम्पस लगायतका सडक छेउमा फूलहरु रोपेका छन् ।

 

सडक वरीपरी रोपेका फूलले सडक बाटोहरु सफा सुन्दर र निक्कै चम्किला देखिन थालेका छन् ।

भिडिओ हेर्नुहोस्:

 

Share: