प्रकाश सपुतको ‘दमाई महाराज’ युट्युब ट्रेण्डिङ १ मा [भिडिओ]

Share:

काठमान्डौ/गायक प्रकाश सपुतको नयाँ म्युजिक भिडियो ‘दमाई महाराज’ दुई दिनभित्र युट्युबको ट्रेण्डिङ १ मा पर्न सफल भएको छ । प्रकाशको आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार साँझ सार्वजनिक भएको म्युजिक भिडियो अहिलेसम्म २१ लाख ७६ हजार भन्दा बढीपल्ट हेरिएको छ । कमेन्टमा पनि धेरैले प्रकाशको गीत र भिडियो प्रस्तुतिको तारिफ गरेका छन् । साथै जातीय विभेदविरुद्धको जागरण अभियानलाई सघाउन पुर्‍याउने बताएका छन् ।

 

गायक प्रकाशले यसअघि दर्शकहरूलाई ‘बोलमायाु, ‘गलबन्दी’ जस्तो सुपरहिट म्युजिक भिडियो दिइसकेका छन् । ुदमाई महाराजुको कथालाई उनले गलबन्दीको कथासँग लगेर जोडेका छन् । त्यसैले उनले नयाँ गीतलाई ‘गलबन्दी’ र ‘बोलमाया’को दोस्रो भाग भनेका छन् । गलबन्दी र बोलमायाको म्युजिक भिडियोमा मोडल अञ्जली अधिकारी थिइन् । बीचमा आएको ‘सकम्बरी’मा अञ्जली देखिइनन् । तर, दमाई महाराजमा अञ्जलीलाई पनि देख्न सकिन्छ । गलबन्दीमा प्रकाशकी श्रीमती बनेकी उनी अहिले गाउँबाट लखेटिएको छोराको बुढी आमाका रूपमा देखिएकी छन् ।

Share: