Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
महिला विश्वकपमा आज इटाली र अर्जेन्टिना भिड्दै – Lekhanpeeth

महिला विश्वकपमा आज इटाली र अर्जेन्टिना भिड्दै

303
0
Share:

काठमान्डौ/महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन्। पहिलो खेलमा आज इटाली र अर्जेन्टिना भिड्दै छन्। यी दुई बीचको खेल विहान ११ बजेर ४५ मिनेटमा न्यूजिल्यान्डको इडन पार्कमा हुनेछ।

 

समूह जीमा रहेका यी दुई टोलीबीच समूह चरणमा पहिलो खेल खेल्न लागेका हुन्।यसअघि हिजो भएको यही समूहको खेलमा स्वीडेनले दक्षिण अफ्रिकालाई पराजित गर्दै महत्वपुर्ण ३ अक बटुलेको छ।

 

आजै हुने अर्को खेलमा जर्मनीले मोरक्कोसँग खेल्दैछ। अष्ट्रेलियाको मेलबर्नमा हुने खेल नेपाली समय अनुसार सवा २ बजे हुनेछ। उपाधि दाबेदार जर्मनीले पहिलो खेल खेल्न लागेको हो। समूह एचमा रहेका यी दुई टोली सँगै कोलम्बिया र दक्षिण कोरिया छन्।

 

सोमबार हुने अन्तिम खेलमा ब्राजिलले पानमासँग खेल्नेछ। अस्ट्रेलियामै हुने यी दुई बीचको खेल दिउँसो ४ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

 

समूह एफमा रहेका यी दुई टोलीको अलावा फ्रान्स र जमैका रहेका छन्। आइतबार भएको खेलमा फ्रान्सलाई जमैकाले गोलरहित बराबरीमा रोकेको थियो।

Tagssports
Share: