सुन-चाँदीको मूल्य घट्यो

Share:

काठमान्डौ/साताको दोस्रो दिन सोमबार आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ । महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको छ ।

 

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भैइरहेको नेपाल सुनचाँदी तथा व्यवसायी महासंगले जनाएको छ । हिजो आइतबार सुनको मूल्यमा ५०० रुपैयाँको गिरावट आएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंगले जनाएको छ । हिजो चाँदीको मूल्य तोलामा १५ रुपैयाँको गिरावट आएको थियो ।

Share: