कोशी सरकारविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै

Share:

काठमान्डौ/कोशी प्रदेश सरकार गठनसम्बन्धी मुद्दाको पेसी सोमबारका लागि तोकिएको छ । हिजो आइतबारको मिति तोकिए पनि ‘हेर्न नमिल्ने’मा परेपछि स्थगित भएको उक्त मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुन लागेको हो ।

 

आज न्यायाधीशद्वय शुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको छ । न्यायाधीद्वय माथेमा र श्रेष्ठको इजलासमा उक्त मुद्दा क्रमसंख्याअनुसार २ नम्बरमा रहेको छ ।

 

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत ल्याउन नसकेपछि ढलेको सरकार नेपाली कांग्रेका उद्धव थापाको नेतृत्वमा गत असार २१ गते गठन भएको थियो ।

 

यस क्रममा सरकार गठन असंवैधानिक रहेको भन्दै नेकपा एमाले प्रदेश संसदीय दलका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री कार्कीले गत असार २२ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

Share: