
काठमान्डौ/अन्ततः एलन मस्कले ट्विटरको लोगो पूर्णरूपमा परिवर्तन गरेका छन् । ट्विटरमा रहेको ‘चरा’को ठाउँमा ुएक्सु राखिएको छ । वेबमा ट्विटर खोल्दा सुरुमा पूरै लोड हुनुअघि पनि एक्स देखाइरहेको छ ।
कम्पनीका प्रमुख एलन मस्कले हिजो नै ट्विटरको लोगो परिवर्तन गर्ने घोषणा गरेका थिए ।
कम्पनीकी प्रमुख कार्यकारी अधिकृत ९सीईओ० लिन्डा याकारिनोले पनि आज (सोमबार) लोगो परिवर्तन गर्ने र ट्विटरलाई नयाँ स्थानमा पुर्याउने घोषणा गरेकी थिइन् ।