सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने

297
0
Share:

काठमान्डौ/प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरणका विषयमा सरकारसँग जवाफ माग गर्ने भएको छ । बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा आज  बसेको एमाले संसदीय दलको बैठकले सो प्रकरणका सम्बन्धमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने माग समेत गरेको छ ।

 

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेका  नेता रघुजी पन्तले भने,’भरियाहरुलाई मात्र होइन, त्यो कम्पनीसम्म पुग्नुपर्छ, सुन तस्करीका प्रक्रियामा संलग्नलाई कारबाही गर्नुपर्छ ।’ प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

Share: