आमनागरिकलाई सूसुचित गर्ने दायित्व सरकारको हो : सञ्चारमन्त्री शर्मा

184
0
Share:

काठमान्डौ/सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारबाट भए गरेका कामको व्यवस्थित ढङ्गले प्रचारप्रसार तथा नागरिकलाई सूसुचित गर्ने दायित्व सरकारको भएको बताएका छन् ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आज आयोजित संवैधानिक निकाय, सङ्घीय मन्त्रालय तथा केन्द्रीय निकायका प्रवक्ता र सूचना अधिकारीबीचको अन्तरक्रियाको उद्घाट्नमा उनले सूचनाको विषयलाई गम्भीररुपमा लिन, सरकारबाट भएका काम व्यवस्थित ढु्ङ्गले प्रचारप्रसार गर्न तथा नागरिकलाई सुसुचित गर्न सरोकारवाला सबैलाई आग्रह गरिन् ।

 

मन्त्री शर्माले सरोकारवाला व्यक्ति एक ठाउँमा बसी अन्तरक्रिया गर्ने, सबैमा भएका अनुभव ज्ञान, सीप र क्षमता आदानप्रदान गर्ने तथा सूचनालाई व्यवस्थित गर्ने आशयका साथ गरिएको यो कार्यक्रम जरुरी रहेको उल्लेख गर्दै धन्यवाद दिए ।

 

उनले गणतन्त्र दिवसका अवसरमा पुस्तक प्रकाशन गर्दा मन्त्रालयगत तथ्याङ्क विवरण प्राप्तमा आफूले समस्या भोगेको महसुस गरिन् । ‘कतिपय अवस्थामा तथ्याङ्कको अभाव हुँदा पनि मूलभूतरुपमा नीतिमा फरक नपर्ने गरी मिलाएर बोल्नुपर्ने हुन्छ’, उनले भनिन्, ‘सबै मन्त्रालयले गरेको काम एउटा पोर्टल बनाएर एकीकृत गर्न सके त्यो दैनिक रिर्पाेटिङमा जान्छ र सबैलाई जानकारी हुन्छ । ‘ मन्त्री शर्माले यसमा ध्यान दिन सबैलाई आग्रह गरिन् ।

 

सबै मन्त्रालयले गरेका कामको दैनिक रेकर्ड राख्ने हो भने सूचनाका विवरण खोज्न सहज हुने उमको भनाइ थियो । यसका लागि न्यूनतम खर्चमा एक पोर्र्टल बनाउने काममा मन्त्रालय लागेको समेत उनले बताईन् ।

 

मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिने पत्रकार सम्मेलनमा सम्बन्धित निकायका प्रवक्ता नै उपस्थित भएर सूचना दिन सके पत्रकार सम्मलेन प्रभावकारी हुने बताउँदै नियमित उपस्थितिका लागि आग्रहसमेत गरिन् ।

 

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सरकारले पारदर्शीता र विश्वास कायम गर्नका लागि भए पनि सरकारबाट भएगरेका काम आम नागरिकले थाहा पाउने गरी सूचना दिन हिच्किचाउन नहुनेमा जोड दिइन् ।

 

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकारले गरेका काम सार्वजनिक गर्ने सन्दर्भमा देखिएका समस्या समाधान गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन् ।

Share: