Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सर्वोच्चले दियो कोशीमा नयाँ सरकार गठन गर्न आदेश – Lekhanpeeth

सर्वोच्चले दियो कोशीमा नयाँ सरकार गठन गर्न आदेश

247
0
Share:

काठमान्डौ/सर्वोच्च अदालतले कोशी प्रदेशमा सरकार गठनका लागि सात दिनको म्याद दिएको छ।

 

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै नयाँ सरकार गठनका लागि आदेश दिएको हो। सरकार गठनमा सभामुखको हस्ताक्षर प्रयोग गर्नु संविधान विपरीत भएको ठहर गर्दै थापाको नियुक्त बदर गरेको छ।

 

यससँगै सर्वोच्चले दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन सात दिनको समय दिएको छ। सर्वोच्चको आदेशमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम अर्को सरकार गठन गर्ने विकल्प रहेसम्म सो विकल्प अपनाउनु वाञ्छनीय देखिएको, उक्त धारा १६८ को उपराधा २ बमोजिम सरकार गठन गर्न मिल्ने नै अवस्था रहेको र जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत तबरले प्रक्रिया अगाडि बढाउनु मनासिब हुने देखिएको हुँदा आजका मितिले सात दिनभित्र (२०८०/४र१७ गतेभित्र) नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु भनी प्रत्यर्थी कोशी प्रदेशका प्रदेश प्रमुख समेतको नाममा परमादेश जारी हुने ठहर्छ।’

Share: