Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाली क्रिकेट टिमले आज तामिल युनियनसँग दोस्रो अभ्यास खेल खेल्दै – Lekhanpeeth

नेपाली क्रिकेट टिमले आज तामिल युनियनसँग दोस्रो अभ्यास खेल खेल्दै

344
0
Share:

काठमान्डौ/एसिया कपको तयारीमा श्रीलंकामा रहेको नेपाली क्रिकेटले आज (शुक्रबार) दोस्रो एकदिवसीय अभ्यास खेलमा तामिल युनियनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार अहिले बिहान १० बजे श्रीलंकाको पि सारा ओभल मैदानमा खेल्नेछन् ।

 

श्रीलंकाको क्लब टोलीब्लूमफिल्ड क्रिकेट क्लबसँग पहिलो अभ्यास खेल खलेको नेपाली टोली ६ विकेटले पराजित भएको थियो । पहिलो खेलमा नेपाल १ सय ९७ रनमा अल आउट भएको थियो ।

 

सन्दीप जोरा, देव खनाल, पवन सरार्फसहितलाई खेलाएको नेपालले कुशल भुर्तेल, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख र भीम सार्कीलाई खेलाएको थिएन । उक्त खेलमा अर्जुन साउदले सर्वाधिक ७९ रन बनाएका थिए । नेपालले श्रीलंकामा थप दुई अभ्यास खेल खेल्नेछ ।

 

रोहित पौडेलको कप्तानीमा एसिया कपको तयारीमा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा, सूर्य तामाङ, ज्ञानेन्द्र मल्ल,आरिफ शेख र करण केसी छन् ।

Tagssports
Share: