Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रक्तसञ्चार दिवस : ‘चितवनमा सधैँ रगत अभाव’ – Lekhanpeeth

रक्तसञ्चार दिवस : ‘चितवनमा सधैँ रगत अभाव’

235
0
Share:

काठमान्डौ/मेडिकल सिटीको पहिचान बनाउँदै गएको भरतपुरमा रगतको माग बढ्दै जाँदा वर्षभरि नै अभाव हुने गरेको छ । भरतपुर रक्त सञ्चार प्रादेशिक कार्यालयले सङ्कलन गरेको रगतले ६० प्रतिशत माग मात्रै धान्ने गरेको छ ।

 

जिल्लामा उपचारका लागि आउने स्थानीयवासी र छिमेकी जिल्लाका बिरामीका आफन्त दैनिक रगतको अभावमा भौतारिने गरेका छन् । रगत नपाएपछि उनीहरु इष्टमित्र आफन्त र सामाजिक अभियान्ता गुहारेर रगतको जोहो गर्न बाध्य हुँदै आएका छन् ।

 

क्यान्सर उपचारका लागि देशैभरी र भारतबाट समेत बिरामी आउने गर्दछन् । उनीहरुलाई यहाँ रक्तदाता खोज्न निकै कठिन हुने गरेको छ । यसैले गर्दा कतिपयको उपचार रोकिने गरेको गुनासासमेत आउने गरेको छ ।

 

केन्द्रका प्रमुख रमेशकान्त पौडेलले दैनिक एक सयदेखि एक सय ५० युनिटसम्म रगतको माग हुने गरेको भए पनि ६० प्रतिशतभन्दा बढी केन्द्रले सङ्कलन गरेको रगतले मात्र पु¥याउन नसकिएको बताउनुभयो । केन्द्रले वार्षिकरुपमा २५ हजार युनिट हाराहारी रगत सङ्कलन गर्र्ने गर्दछ । चितवनसहित छिमेकी १० जिल्लाबाट केन्द्रले रगत सङ्कलन गरेर ल्याउने गर्नाका साथै सामाजिक सङ्घ संस्थालाई भेला गराएर क्यालेण्डर निर्माण गरी रक्तदान कार्यक्रम गरिँदै आइएको छ ।

 

प्रमुख पौडेलले युवा पङ्क्ति विदेशिएको, यहाँ भएका युवामा मन छुने गरी अभिप्रेरित गर्ने कार्यक्रम ल्याउन नसकिएको र अन्य कारणले मागअनुसार रगत सङ्कलन हुन नसकेको बताउनुभयो । समूहगत मानिस भएका ठाउँमा रक्तदानसम्बन्धी बृहत् अभियान सञ्चालन गर्नुपर्ने भए पनि गर्न नसकिएको उहाँको भनाइ थियो ।

 

‘एक घर एक रक्तदाता’ अभियान सञ्चालन गरेर रक्तदानप्रति जागरुकता ल्याउनुपर्नेमा प्रमुख पौडेलले जोड दिनुभयो । हरेक नागरिकले आफ्नो जन्मदिनमा स्वास्थ्यले मिलेसम्म रक्तदान गरिदिएमा धेरै हदसम्म माग पूरा गर्न सकिन्छ। जिल्लामा रहेका दुई ठूला सरकारी अस्पताल, दुई मेडिकल कलेज र २० भन्दा बढी साना निजी अस्पतालले बिरामीको उपचार गर्दै आएका छन् । क्यान्सर र अङ्ग प्रत्यारोपणका एउटै बिरामीलाई धेरै रगत आवश्यक पर्दछ ।

 

दुर्घटनाका घाइते, शल्यक्रिया गर्ने बिरामी, प्रसूति सेवा लिने, थालेसेमियाका बिरामीलाई बढी मात्रामा रगत आवश्यक पर्दछ । प्रमुख पौडेलको भनाइमा एकै जना क्यान्सरका बिरामीलाई सात सय युनिटसम्म रगत दिएको तथ्याङ्क छ । यसैगरी जिल्लामा रहेका ८० जना हाराहारी थालेसेमियाका बिरामीलाई मासिकरुपमा एकदेखि दुई युनिट रगत दिनुपर्ने हुन्छ ।

 

अस्पतालमा रक्तसञ्चार फ्रिज नहुँदा बिरामीका आफन्तले बिरामीका लागि मौजातको रुपमा लगेको रगत फिर्ता आउँदा कतिपय बिग्रने गरेको पाइने र १५ प्रतिशत हाराहारी यसरी रगत फिर्ता आउने गर्दछ ।

 

केन्द्रको सञ्चालन नेपाल रेडक्रस सोसाइटीले गर्दै आएको छ । उक्त सोसाइटीका जिल्लास्तरीय मन्त्री राममणि खनालले युवा लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालनका लागि गृहकार्य गरिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले जे जति गरेका छौँ, यसले पुगेन, फरक ढङ्गले जनचेतनामा जुट्नुपर्ने अवस्था आयो ।’

 

युवा वर्गमा सामाजिक भावको विकास गरी रक्तदान अभियानलाई बढाउनुपर्ने मन्त्री खनालको भनाइ थियो । विद्यार्थी, नेपाल प्रहरी, नेपाली सेना, राजनीतिक दल, दलका भ्रातृ संस्था, सहकारीलगायत ठूला समूहले अभियानमा साथ दिएमा आवश्यकताअनुसारको रगत सङ्कलन गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।

 

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले रक्तसञ्चार केन्द्रको स्तरोन्नतिका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । चालु आर्थिक वर्षमा बकुलहर रत्ननगर अस्पतालमा रक्तसञ्चार केन्द्रका लागि रु १५ लाख विनियोजन गरिएको भन्दै बिरामीका आफन्तले रगतका लागि भौतारिनुपर्ने अवस्थाको अन्त्य गरिने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘खेर जाने रगतबाट मानिसको जीवन बच्ने भएकाले स्वास्थ्य अनुकूल भएका सबैले रक्तदान गरी मानवीय सेवामा जुट्नुपर्छ ।’

Share: