
काठमान्डौ/मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको बुझिएको छ । एक युवतीले बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि ५२ वर्षीय पोखरेललाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।
ब्लु क्रस अस्पतालमा उपचारका लागि आएका पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार पोखरेलविरुद्ध उनकै घरमा काम गर्न राखिएकी युवतीले उजुरी गरेकी हुन् ।
ती युवतीले केही समय अघि सामाजिक सन्जालमा आफूलाई पोखरेलले बलात्कार गरेको भन्दै भिडियोसमेत राखेको थिइन् । घरमा कोही नभएको मौकामा आफूमाथि पटक पटक यौन दुव्यवहार गरेको बताएकी थिइन् ।