Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हस्तकलाका सामग्री बनाउँदा ज्याला पनि उठ्दैन – Lekhanpeeth

हस्तकलाका सामग्री बनाउँदा ज्याला पनि उठ्दैन

Share:

काठमान्डौ/कैलालीकी छोट्की चौधरी पाँच वर्षअघिसम्म बर्सातका मौसममा निकै व्यस्त रहन्थे । खेतीपाती सकेपछि उनले हातको सीप र कला प्रयोग गरेर घरमा आवश्यक ढकिया, ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पैनछोप्नी, पैन, हाते पङ्खालगायतका हस्तकलाका सामग्री उत्पादन गर्थे । उनले ती सामान आफन्तलाई कोशेली दिने र उनीहरुलाई सरसामान राखेर दिन्थे । उनले दुई वर्षदेखि यसरी हस्तकलाका सामग्री बनाउन चटक्कै छोडे । ‘मलाई आजभोलि समान बनाउन मन लाग्दैन । पहिला फुर्सद हुने वित्तिकै बनाउँथे’, उनि भन्छन्, ‘आजभोलि ज्यालादारीको काममा जान्छु, काममा गए आफ्नो खर्च निस्कन्छ, त्यसबाहेक फुर्सद मिल्दैन, बनाउन छोडे ।’

 

विगतमा खेतीपातीको कामबाट फुर्सदिला बने लगत्तै थारु महिला हातको कला र सीपको प्रयोग गरी विभिन्न सामग्री बनाउने गर्दर्थे । उनीहरुले प्रायः साउन, भदौँ र असोज महिनामा हातका कला र सीप प्रयोग गरी ढकिया, ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पैनछोप्नी, पैन, हाते पङ्खालगायतका हस्तकलाका परम्परागत सामग्री धेरै मात्रामा बनाउँथे तर अहिले हस्तकलाका सामग्री बनाउने वीरलै भेटिन्छन् । अहिले पहिलाको जस्तो फुर्सद नहुने विभिन्न कार्यमा थारु महिला पनि व्यस्त हुँदै गइरहेकाले हस्ताकलाका सामग्री बनाउने घटेका जानकी गाउँपालिका– ८ भगरैयाका तारा चौधरीले बताए । ‘आजभोलि बुनेर बस्ने फुर्सद हुँदैन, महिला अन्य सीप र नयाँ काम गर्न थाले’, उनले भने, ‘अन्य काममा कमाइ र प्रविधिको प्रयोग हुन्छ, त्यसैले पनि यो सीप हराउने चिन्ता छ ।’

 

प्रायः घरायसी प्रयोजन तथा श्रृङ्गारिक वस्तुका रुपमा प्रयोग हुने यी सामग्री बनाउँदा जति कलात्मकरुपमा बनाउन सकिन्छ त्यति राम्रा र आकर्षक देखिन्छन् । ढकियामा वनस्पतिलाई रङ्गले रङ्गिन बनाई सीपको प्रयोग गरी आकर्षक बनाउनका लागि बनोटअनुसारका ढाँचा र चित्र बनाउने गरेका हुन्छन् । उनीहरुले हस्तकलाका सामानमा विभिन्न पशुपन्छीको कलात्मक बुट्टा बनाएका हुन्छन् । यसरी महिनाँै लगाएर सामग्री बनाउने गर्दथे तर अहिले कला र सीप हस्तान्तरण गर्ने, सिकाउने व्यक्तिसमेत कम हँुदै गएका सुमित्रा चौधरीले बताए । ‘पहिलेका युवती सीप सिक्न चाहन्थे वा अनिवार्य सिकाइन्थ्यो’,उनले भने, ‘आजभोलिका छोरीहरु पढ्न जान्छन्, पढाइपछिको समयमा अन्य काम थाल्छन्, घरमा बसेर बुन्ने फुर्सद आजभोलिका छोरीबुहारीलाई छैन ।’

 

उनी नयाँ पुस्ताले पढाइलेखाइ र रोजगारीलाई बढी जोड दिन थालेकाले परम्परागत सीप हराउने चिन्ता बढेको छ । हस्तकला प्रयोग गरी श्रृङ्गारिक वस्तुका रुपमा बनाइने भएकाले सामग्री बनाउनका लागि एक किसिमको बनस्पति प्रयोग गर्नुपर्छ । पुन्च र कसुंगालाई रङ्गाएर बनाइने भएकाले यी वस्तुसमेत कमै मात्रामा भेटिने गरेको उनीहरुको भनाइ छ । बनाउने व्यक्तिमात्र नभई बनाउने सामग्रीको उत्पादन कम हुने भएकाले पूराना सीप भएका महिलाले समेत ढकियालगायतका सामग्री बनाउने छाडेका छन् ।

 

श्रम र लागतका हिसाबले बजारमा पाइने प्लाष्टिक तथा भाडाका सामग्रीभन्दा यी सामग्री फरक हुन्छन् । आधुनिकता र अभावका नाममा थारु समुदायका महिलाले मात्र कलात्मकरुपमा बनाउने यस्ता सामग्री सिर्जना गर्ने भएकाले यसको सीप विकासका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने अगुवा सीता चौधरीले बताए । ‘कतिपय पालिकामा ढकिया बुन्न सिकाउने गरेको सुनिन्छ, सिकाएर मात्र हुँदैन’, उनले भने, ‘सीप सिकेकालाई व्यावसायिक बनाउनसमेत आवश्यक छ । व्यावसायिक रुपमा यो व्यवसाय गरेमा आम्दानी पनि हुन्छ ।’

Share: