नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

183
0
Share:

काठमान्डौ/नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

 

बिहान सवा ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको हो । अवरुद्ध सडक एकतर्फी क्लियर भएको कार्यालयले जनाएको छ । करिब एक घण्टामा अवरुद्ध सडक खुल्ने जनाइएको छ ।

 

अहिले उक्त सडक भएर गुड्ने सवारी साधन र यात्रु अलपत्र परेका छन् । गएराति १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो ।

Share: