Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नयाँ जहाज छिट्टै आउँछ : मन्त्री किराती – Lekhanpeeth

नयाँ जहाज छिट्टै आउँछ : मन्त्री किराती

Share:

काठमान्डौं/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली ध्वजा बाहक नयाँ जहाज छिट्टै खरिद गरिने बताएका छन्। प्रेस सेन्टर नेपाल झापाले बिर्तामोडमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले भूपरिवेष्टित राष्ट्रको समृद्धिका लागि जहाज विकास महत्त्वपूर्ण हुने भएकाले थप जहाज ल्याउन लागिएको बताए ।

 

‘ हाम्रो जस्तो भूपरिवेष्टित मुलुकको समृद्धिका लागि जहाज महत्त्वपूर्ण हुँदोरहेछ’, उनले भने, ‘तीन वटा नयाँ र दुई वटा पुराना जहाज खरिद प्रक्रियामा रहेको छ, छिट्टै ती जहाज आउँछ, तर कमिसन आउँदैन ।’नेपाली जहाजकै ‘कनेक्सन फ्लाइट’बाट नेपाली उत्पादनहरु विदेश निर्यात गरेर समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ । मन्त्रालय सम्हालेपछि भ्रष्टाचारका प्वालहरु टाल्ने काम गरिरहेको उनको भनाइ छ । रु चार अर्ब ऋण तिरेर नयाँ जहाज किन्न सक्ने अवस्था सिर्जना भएको उनले बताए ।

 

‘देशको ठूलो समस्या भ्रष्टाचार हो, यसको अन्त्य जरुरी छ’, उनले भने । मन्त्री किरातीले पर्यटनसम्बन्धी राष्ट्रिय नीति बनाउन सरकार लागि परेको बताए । नेपाली एयरपोर्ट सुरक्षित बनाउन कडाइका साथ लाग्नुपर्नेमा उनको थियो । कोशी प्रदेश सरकार गठनमा देखिएको समस्याप्रति लक्षित गर्दै मन्त्री किरातीले प्रदेश सरकार गठन सबै दलको सहमतिका आधारमा हुनुपर्नेमा जोड दिए । ‘मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेकाले सङ्घ र प्रदेश सरकार सहमतिकै आधारमा बन्नुपर्छ’, उनले भने, ‘कोही प्रतिपक्ष नभई समग्र मुलुकको विकासमा सबै दल एकजुट हुुनुपर्छ ।’

Share: