शेयर बजार सामान्य बढ्यो

112
0
Share:

काठमान्डौ/लगातार पाँच दिन घटेको शेयर बजार आज सोमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८४ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव १८ विन्दुमा पुगेको छ ।

 

आज जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेर दुई अर्ब रुपैयाँभन्दा तल झरेको छ । आज दुई सय ६२ वटा कम्पनीका ५५ लाख ३१ हजार कित्ता शेयर एक अर्ब ८५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड आठ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

 

आज सनराइज ब्लुचिप फन्डको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढेको दिन आज विन नेपाल लघुवित्त र ग्लोबल आईएमई बैंकको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

Share: