Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधानमन्त्री आफैँ बिचौलिया, दलाल र माफिया परिचालन गर्छन् : डा. केसी – Lekhanpeeth

प्रधानमन्त्री आफैँ बिचौलिया, दलाल र माफिया परिचालन गर्छन् : डा. केसी

347
0
Share:

काठमान्डौ/चिकित्सा शिक्षा सुधारका अभियान्ता डा। गोविन्द केसीले प्रधानमन्त्रीले आफैँ बीचौलिया, दलाल र माफियाहरू परिचालन गर्ने गरेको आरोप लगाएका छन् ।

 

सोमबार पत्रकार सम्मेलनमार्फत डा. केसीले जनुसुकै पार्टीका प्रधानमन्त्री आए पनि माफियालाई सजिलो हुने गरी काम गरेको बताए ।पछिल्लो समय सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबीच चर्किएको द्वन्द्वको प्रसंगमा डा। केसीले भने,’यी जनताका होइनन् कि माफियाका प्रधानमन्त्री हुन् ।’

 

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई प्रधानमन्त्रीकै क्वाटरमा एक माफियाले जागिर खाइदिने धम्की दिएको भन्दै डा. केसीले प्रश्न गरे, ‘प्रधानमन्त्रीकै कोठामा बसेर त्यस्तो बोल्ने आँट तिनलाई किन आयो रु त्यो माफिया बोलेको होइन, स्वयं आयोगका अध्यक्ष प्रधानमन्त्री बोलेका हुन् । किनकि, प्रधानमन्त्रीहरु बिचौलिया, दलाल र माफियाहरू परिचालन गर्छन् ।’

 

यसअघिका प्रधामन्त्रीहरुले पनि मेडिकल माफियालाई सहज हुने गरी चिकित्सा शिक्षा ऐन संशोधन गर्ने प्रयास गरेको तर नसकेको उनको आरोप छ ।

Share: