Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सडकमा डोजर तेर्साएर निर्माण व्यवसायीको प्रदर्शन – Lekhanpeeth

सडकमा डोजर तेर्साएर निर्माण व्यवसायीको प्रदर्शन

238
0
Share:

काठमान्डौ/निर्माण व्यवसायीले निर्माण उपकरण तेर्स्याएर बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासअगाडि विरोध प्रदर्शन गरेका छन् । मंगलबार उनीहरूले डोजर र अरू निर्माण उपकरण सडकमा राखेर प्रदर्शन गरेका हुन् ।

 

त्यसक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले माग पूरा गरी आफूहरूलाई चाँडै काममा फर्काउने वातावरण बनाउनुपर्नेमा जोड दिए । सरकारले स्रोत नभएका आयोजनाको म्याद थप गर्न लागेको उनले बताए । भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता आयोजना खारेज गर्नुपर्ने उनको भनाइ छ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई काममा फर्काउनका लागि ठोस कार्ययोजना बनाई माग सम्बोधन गर्नुपर्ने उनले बताए । व्यवसायीले ‘सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर,’ ‘जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर’, ‘व्यावहारिक माइल स्टेन खारेज गर’, ‘उपभोक्ताबाट निर्माणकार्य गर्ने नियम खारेज गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Share: