युरोपेली लिगका लागि सावित्रा इजरायल प्रस्थान

299
0
Share:

काठमान्डौ/नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी युरोपेली लिगका लागि इजरायल प्रस्थान गरेकी छन् । इजरायली लिगका लागि सावित्रा मंगलबार आज बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

 

सावित्राले इजरायली शीर्ष डिभिजन लिग खेल्ने होपाइल रानाना महिला फुटबल क्लबसँग सम्झौता गरेकी छन् । उनले एक सिजनका लागि रानानासँग सम्झौता गरेकी हुन् ।भौगोलिक रुपमा एसियामा रहे पनि इजरायलले युरोपेली फुटबल महासंघ (यूईएफए)को सदस्यता लिएको छ । यसैकारण सावित्रा युरोपेली लिगको अनुभव लिने राष्ट्रिय टिमकी पहिलो सदस्य बन्दै छिन् ।

 

इजरायल जाने सावित्रालाई युवा तथा खेलकुद मन्त्रालयले असार २५ गते मन्त्रालयमा एक कार्यक्रममार्फत बिदाइ गरेको थियो ।

Share: