
काठमान्डौ/श्रीलंकामा आयोजना भएको ‘मिस वर्ल्ड टुरिजम २०२३’मा नेपालको प्रतिनिधित्व गर्दै सजिना खनालले ‘मिस एलिगेन्स’को उपाधि हात पारेकी छन् ।
३५ देश सहभागी प्रतियोगितामा उनले आफूलाई उत्कृष्ट दश भित्र पार्दै उनले ‘मिस एलिगेन्स’को उपाधि जितेकी हुन् ।
सर्लाहीकी २२ वर्षीया खनाललाई उक्त प्रतियोगितामा इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वर्ल्ड टुरिजम नेपाल’को उपाधि सहित पठाएको हो ।