Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
घट्यो एलपी ग्यासको मूल्य, अब कति पर्छ ? (नयाँ मूल्य सूचीसहित) – Lekhanpeeth

घट्यो एलपी ग्यासको मूल्य, अब कति पर्छ ? (नयाँ मूल्य सूचीसहित)

455
0
Share:

काठमान्डौ/नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । आजदेखि लागू भएको नयाँ मूल्यअनुसार प्रति सिलिन्डर १३० रुपैयाँले घटाइएको हो ।

 

निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेपछि एलली ग्यासमा नाफा नखाने नीति लिएको छ । अन्य पेट्रोलियम पदार्थमा नाफा लिने भएपनी एलपी ग्यासमा नाफा नलिने नीति लिएको हो । यससँगै अब एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६६० रुपैयाँ पर्ने भएको छ । यसअघि एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १७९० रुपैयाँ थियो ।

 

निगमले स्वचालित प्रणालीअनुसार पेट्रोल र डिजेलको मूल्य भने बढाएको छ । पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७र७ रुपैयाँ बढेको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँअनुसार मूल्य फरक-फरक छ ।

CamScanner-08-01-2023-21.09_page-0001

Tagslp gas
Share: