Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
संवैधानिक परिषद्को बैठक बस्दै – Lekhanpeeth

संवैधानिक परिषद्को बैठक बस्दै

329
0
Share:

काठमान्डौ/संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । मंगलबार बसेको बैठकले कुनै निर्णय गर्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।प्रधानन्यायाधीशको नाम सिफारिसका लागि बसेको बैठक नाममा प्रवेश नै नगरी स्थगित भएको थियो ।

 

साउन २० गतेदेखि प्रधानन्यायाधीश पद रिक्त हुँदै छ । उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जाने भएकाले न्यायालय फेरि कायममुकायमले चलाउने अवस्था बनेको छ ।

 

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेपछि पनि संसदीय सुनुवाइको प्रक्रियासहित नियुक्त हुन समय लाग्नेछ । त्यसैले न्यायपालिकाको नेतृत्व फेरि कामु हुने निश्चित भएको छ ।

 

यसअघि २०७८ फागुन १ देखि ०८० असार १ गतेसम्म कामुको नेतृत्वमा न्यायपालिका चलेको थियो ।

Share: