Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रिहा भइन् अधिवक्ता भगवती पाण्डे – Lekhanpeeth

रिहा भइन् अधिवक्ता भगवती पाण्डे

442
0
Share:

काठमान्डौ/विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे रिहा भएकी छन्। सार्वजनिक सञ्चारमाध्यमबाट तामाङ तथा मगर समुदाय घृणा र द्वेष फैलाउने खालको अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो।

 

तामाङ र मगर समुदायका अगुवासहितले दिएको उजुरीका आधारमा जाँचबुझका लागि भन्दै पाण्डेलाई बुधबार जिल्ला प्रहरी परिसर टेकु बोलाइएको थियो।उनलाई टेकुमा नै पक्राउ गरिएको थियो।

 

प्रहरीले उनीविरुद्ध जातीय घृणा तथा द्वेष फैलाउने कसुरमा अनुसन्धान अगाडि बढाउन काठमाडौँ जिल्ला अदालतबाट अनुमति मागेको थियो। तर अदालतले उनलाई हिरासतमा राख्ने अनुमति नदिएपछि बुधबार नै पाण्डे रिहा भएकी हुन्।

 

पाण्डेले एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

Share: