Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रिय सभा बैठक पनि चल्न नदिने एमालेको निर्णय – Lekhanpeeth

राष्ट्रिय सभा बैठक पनि चल्न नदिने एमालेको निर्णय

281
0
Share:

काठमान्डौ/प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले राष्ट्रिय सभाको बैठक पनि चल्न नदिने भएको छ । प्रतिनिधि सभाको बैठकमा साउन १० देखि अवरोध गर्दै आएको एमालेले राष्ट्रिय सभाको बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बोलाइएको बैठक पनि चल्न नदिने जनाएको छ ।

 

एमाले एक नेताका अनुसार संसद् बैठक चल्न नदिने निर्णय भएको छ । क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरेकाले राष्ट्रिय सभाको बैठक पनि चल्न नदिने ती नेताको भनाइ छ ।

 

अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्विन्टल सुन साउन २ मा सिनामंगल सडकबाट बरामद गरिएको थियो । भन्सार यार्ड पार गरेर बाहिरिएको क्विन्टल सुन बरामद भएको दुई साता बितिसक्दा तस्करीमा प्रयोग भएका व्यक्ति मात्र पक्राउ परेका छन् ।

Share: