जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

169
0
Share:

काठमान्डौ/डा. सिके रावतले नेतृत्व गरेका जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

 

बैठक केही समयअघिदेखि क्वालिटी बैंक्वेट बुद्धनगरमा सुरु भएको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले राससलाई जानकारी दिए । उनका अनुसार आजको बैठकमा प्रशिक्षण तथा सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुने भएको छ ।

 

भोलि साउन १९ गते स्थानीय जनप्रतिनिधिको पार्टी समन्वय बैठक आह्वान गरिएको छ । उक्त बैठकमा वडाअध्यक्ष÷नगर प्रमुख÷उपप्रमुख/गाउँपालिका अध्यक्ष/उपाध्यक्षको सहभागिता रहने प्रवक्ता डा. यादवले बताए ।

Share: