सहकारी पीडित र प्रहरीबीच झडप

151
0
Share:

काठमान्डौ/काठमान्डौको बिजुली बजारमा आन्दोलनरत सहकारी पीडित र प्रहरीबीच झडप भएको छ । माइतीघर मण्डलमा धर्ना दिएर बसेका सहकारी पीडित प्रदर्शन गर्दै बिजुली बजार पुगेपछि प्रहरीसँग धकेलाधकेल भएको हो ।

 

सहकारी पीडित सडकमा भेला भएर सडक बन्द गरेपछि प्रहरीले हटाउन खोजेको थियो । निक्षेपको साँवा तथा ब्याज अविलम्ब फिर्ता गर्न माग गर्दै केही दिनदेखि सहकारी पीडितले आन्दोलन गरिरहेका छन् । फरार रहेका सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गर्न पनि उनीहरूले माग गरेका छन् ।

 

छलफलका लागि केही मानिसलाई सहकारी विभाग लगिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

Share: