Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दक्षिण पश्चिम पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु – Lekhanpeeth

दक्षिण पश्चिम पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु

263
0
Share:

काठमान्डौ/पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बुधबार राति दुई समूहबीच गोली हानाहान हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

सो घटना प्रान्तीय राजधानी क्वेटामा भएको थियो  । दुई समूहका सदस्यहरू बीचको मौखिक झगडा  उग्र बन्दै जाँदा उनीहरूले एकअर्का माथि गोली  प्रहार गरेको प्रहरीले जनाएको छ ।

 

जग्गा विवादमा झडप भएका दुवै समूह शहरका प्रभावशाली परिवारका सदस्यहरी रहेको बुझिएको छ ।   गोली हानाहानमा कैयौँ व्यक्ति घाइते भएका थिए । घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । थप अनुसन्धानका लागि प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ ।

Share: