Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एकीकृत समाजवादीको बैठक सुरु – Lekhanpeeth

एकीकृत समाजवादीको बैठक सुरु

291
0
Share:

काठमान्डौ/नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक आज बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो ।

 

बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्यूरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । बैठकमा पार्टीको महाधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ ।

 

स्थायी कमिटीको बैठक भने यही साउन २० र २१ गते केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । पोलिटब्यूरो बैठक आगामी भदौ ३ र ४ गते केन्द्रीय कार्यालयमा नै राखिएको उपमहासचिव खतिवडाले बताए ।

Share: