सय किलो सुन तस्करी प्रकरण : अनुसन्धानको जिम्मा ‘सीआईबी’लाई

250
0
Share:

काठमान्डौ/करिब सय किलो सुन तस्करी प्रकरणको अनुसन्धानको नेतृत्व अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुसन्धानको नेतृत्व सीआईबीले गर्न निर्देशन दिएका हुन् ।

 

यसअघि प्रचण्डले बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, आईजीपी वसन्तबहादुर कुँवर र सीआईबी प्रमुख किरण बज्राचार्यलाई बोलाएर भेटेका थिए । सीआईबीले संगठित अपराधमा अनुसन्धान गर्ने बुझिएको छ ।

 

राजस्व अनुसन्धान विभागले अहिले अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष निर्देशनमा चल्ने विभागले तीन अनुसन्धान अधिकृत खटाएर अनुसन्धान गरिरहेको थियो ।

Share: